काठमाडौं– नेपाली फिल्म ‘लम्फू’को पहिलो गीत ‘सँगै जिउने सँगै मर्ने' सार्वजनिक भएको छ।

आउँदो बैसाख २८ मा प्रदर्शन तयारीमा रहेको फिल्मले सोमबार फिल्मको भिडियो सार्वजनिक गरेको हो।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

सार्वजनिक भिडियोमा फिल्मका मुख्य कलाकारहरु कबिर खड्का र मरिष्का पोखरेलको साथमा तरकारीवालीको नामले चर्चित कुशुम श्रेष्ठ पनि छिन्। त्यस्तै, अन्य कलाकारहरु चाँदनी शर्मा र सञ्जित भण्डारी पनि यो भिडियोमा सामेल छन्।

प्रेम साटासाट गरेको भाव व्यक्त हुने भिडियोका कोरियोग्राफर रामजी लामिछाने हुन्। गीतमा अर्जुन पोखरेलको संगीत तथा सुरेश लामा र अप्सरा घिमिरेको स्वर रहेको छ।

https://youtu.be/LFmKu8bMDnU