नयाँ दिल्ली (एजेन्सी)– श्रीदेवीको निधनपछि उनका पति बोनी कपुरले पहिलो ट्विट गरेका छन्।

उनले गरेको भावुक ट्विटमा लेखिएको छ, ‘एउटी साथी, पत्नी र दुई छोरीकी आमा गुमाउनुको पीडा बताएर सकिँदैन। म आफ्ना साथी, परिवार, शुभचिन्तक र अनगिन्ती फ्यानलाई आभार प्रकट गर्न चाहन्छु, जो यो घडीमा मेरो साथ उभिए। म भाग्यशाली हुँ, मैले अर्जुन र अंशुलाको सहयोग र माया पाएको छु। उनीहरु खम्बा जस्तो तागत बनेर जान्हवी र खुसीसँग उभिए। हाम्रो परिवार यो असह्य घटना झेल्ने कोसिसमा छ।’

ट्विटरमा एक पृष्ठको वक्तव्य राख्दै उनले भनेका छन्, ‘दुनियाँका लागि उनी चाँदनी थिइन्, राम्री कलाकार थिइन्, श्रीदेवी थिइन्, तर मेरा लागि उनी माया थिइन्, साथी थिइन्, छोरीहरुकी आमा र मेरो साझेदार थिइन्। छोरीहरुका लागि उनी जिन्दगी थिइन्। उनको वरिपरि हाम्रो परिवार चल्थ्यो। मेरो सबैमा अनुरोध छ, हामीलाई दु:ख मान्न दिनुहोस्।’

उनले दुई छोरीको चिन्ता गरेका छन्। ‘श्रीदेवीबिना छोरीहरुको अगाडिको बाटो कस्तो होला?’ बोनीले लेखेका छन्, ‘भगवानले उनको आत्मालाई शान्ति दिऊन्। हाम्रो जिन्दगी उनीबिना सधैं अधुरो रहनेछ।’

श्रीदेवीको ५४ वर्षको उमेरमा गत शनिबार दुबईमा निधन भएको थियो। उनको अन्तिम संस्कार बुधबार मुम्बईमा गरिएको थियो।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah