बलिउड अभिनेता सलमान खान नेपाल आउने कार्यक्रम स्थगित भएको छ ।
विप्लव समूहको चेतावनीलाई कारण देखाउँदै सलमानले नेपाल नआउने सन्देश पठाएपछि आयोजक ओडीसी इन्टरनेसनले ‘दबंग द टुर’ रद्द गरेको हो ।
सलमानको ‘दबंग द टुर’ १० मार्चमा काठमाण्डुमा हुने तय भएको थियो । टुँडिखेलमा हुने शोमा अभिनेत्री सानोक्षी सिन्हा, प्रभु देवा, मनिष पल लगायतका कलाकार पनि उपस्थित हुने भनिएको थियो ।
विकाशकारी भूकम्प र नाकाबन्दीपछि नेपालको पर्यटन क्षेत्रमा परेको नकारात्मक प्रचार न्यूनिकरण गर्दै नेपाल सुरक्षित गन्तव्य भएको सन्देश दिन कार्यक्रम गर्न लागिएको थियो ।
सलमानको कार्यक्रमको विषयलाई लिएर नेकपाको सांस्कृतिक संगठन अखिल नेपाल जनसांस्कृतिक महासंघले विरोध गर्दै कार्यक्रम रोक्ने चेतावनी दिएको थियो ।
आफू सहभागी हुने कार्यक्रका विषयलाई लिएर एक राजनीतिक दलले विरोध जनाएपछि सलमानले कार्यक्रममा सहभागीता जनाउन नचाहेको बताइएको छ ।
यस्तो छ सलमानको कार्यक्रम रोक्न विप्लव नेतृत्वको नेकपाको सांस्कृतिक संगठन अखिल नेपाल जनसांस्कृतिक महासंघका महासचिव खेम थपलियाले जारी गरेको विज्ञप्तिः

काठमाडौँ टुडे डट कम बाट



