चलचित्र ‘गाजाबाजा’लाई सर्वोच्च अदातलले यो नाम राखेर निर्माण गर्न पाउने अधिकार दिएपछि अब दर्शकमाझ आउने भएको छ । चलचित्र नाम गाजाबाजा राख्न चलचित्र विकास बोर्डले नदिएपछि एक वर्षसम्म अदालतमा मुद्दा लडेको यो चलचित्रले अदालतबाट मुद्दा जितेको हो । गाजाबाजा अब २५ फागुनबाट देशव्यापी प्रदर्शनीमा आउने यसका निर्माण पक्षले  बताएका छन् ।

लागूऔधषविरुद्धको यो फिल्मको नाम गाजा बाजा राखिएको डेढ वर्षअघि चलचित्र विकास बोर्डका अध्यक्ष राजकुमार राईले यो नाममा फिल्म बनाउने अनुमति दिएनन् । सो नामका लागि निर्माण पक्ष अदालत पुगेको थियो । अदालतमा यो नाममा फिल्म बनाउन पाउने मुद्दा जितेपछि निर्माण पक्षले गाजा बाजा बनाएको हो ।

चलचित्रकी निर्माता गोमा विष्ट थापाले चलचित्रको शीर्षकभन्दा पनि निर्देशकसँगको व्यक्तिगत कारणले डेढ वर्षअघि आफ्नो चलचित्रलाई निर्माण गर्न त्यतिबेलाका अध्यक्ष राजकुमार राईले नदिएको सञ्चारकर्मीलाई बताइन्, ‘फिल्मलाई प्रदर्शन गर्ने अनुमति दिने कि नदिने भन्ने अधिकार सेन्सर बोर्डमा हुँदा हुँदै उहाँले त्यत्तिबेला व्यक्तिगत रूपमै चलचित्रको निर्माण रोक्नुभयो । हामीले सम्मानित अदातलबाट यो नाममा फिल्म बनाउन पाउने भनेर न्याय पाएपछि गाजा बाजा निर्माण गरेका हौं ।’

निर्माता गोमाको भनाइमा नेपाली समाजमा पनि दुव्र्यसनीले हजारौं युवा युवतीको ज्यान गएको छ । लाखौं युवा युवती गाजा, चरेसलगायत लागूऔषधको दुव्र्यसनीमा फसेकाले यस्तो विकृतिबाट जोगाउँदै सही सन्देश दिन चलचित्र बनाएको गोमाले बताइन् ।

निर्माता दीपेन्द्र रेग्मीले पनि पूर्वअध्यक्ष राजकुमार राईले यस फिल्मका निर्देशक गणेशदेव पाण्डेसँगको व्यक्तिगत इगो लिएर आफूहरूलाई दुःख दिएको जिकिर गरे । अदालतबाट यो फिल्म निर्माण गर्ने अनुमति पाएपछि चलचित्र तयार गरेर दर्शकमाझ ल्याउन सफल भएको पनि उनले बताए । २५ फागुनबाट गाजाबाजा प्रदर्शनीमा आउने भएपछि निर्माण टोली यसको प्रचार प्रसारमा जुटेको छ । आफूहरू चलचित्रको प्रचारका लागि मोफसल यात्रामा जान लागेको पनि निर्माता दीपेन्द्र रेग्मीले जानकारी गराए ।

चलचित्रलाई गणेशदेव पाण्डले लेखेका हुन् । चलचित्रका निर्देशक पाण्डेले अहिलेका तन्नेरी पुस्ताले यो सिनेमा हेर्ने पर्ने बताउँछन् । पाण्डेका अनुसार यो चलचित्रमा अनुपम शर्मा र सुशील सिटौला, रविन थापा, उद्धव भट्टराई, अम्बर सुवेदी, वर्षा शिवाकोटी, रक्षा श्रेष्ठ, जीवन भट्टराई, गोपाल अर्याल, कुविर सुब्बालगायतका कलाकारको अभिनय छ । अहिले चलचित्रको टोली मोफसलमा प्रचारप्रसारमा रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah