यिका रेखा थापा र छवि ओझा बिच सम्बन्ध विच्छेद भएको निकै बर्ष पछि फेरि सम्बन्ध सुधार हुँदै गरेको देख्न सकिन्छ । श्रीमान श्रीमती भएर एक दशक बिताए पनि उनिहरुको डिभोर्स भएको थियो । तर हाल रेखाको फिल्म हेर्न प्रीमियरमा छवि र शिल्पा पुगेका थिए भने भर्खरै मात्र रेखाले छवि ओझालाइ फाल्गुन २५ मा रिलिज हुन लागेको फिल्म ‘मंगलम’को लागि शुभकामना दिदै फेसबूक मा स्टाटस सेयर गरेकी छिन । त्यति मात्र कहाँ हो र रेखाले मज्जाले नै छवि ओझाको तारिफ समेत गरेकी छन ।

फिल्ममा पुष्प खड्का , शिल्पा पोखरेल , पृथ्वी राज प्रसाई , साम्राज्ञी राज्यलक्ष्मी शाह, मिथिला शर्मा को अभिनय रहेको छ । साम्राज्ञी र पुष्प छविराज ओझाको ब्यानरमा पहिलो पाइला राखेका हुन् तर शिल्पा र पृथ्वीले पहिले नै गरिसकेका छन् , पुस्पले यस अघि दर्पण छाया २ मा अभिनय गरिसकेका छन् ।
फिल्मलाई नवल नेपाल ले निर्देशक गरेको हुन । कार्यकारी निर्माता छबिराज ओझा हुन । गोविन्द फुयालले लेखेको फिल्मलाइ कल्पित घिमिरेले खिचेका छन । फिल्ममा निर्माताको रुपमा जितेन्द्र साक्य , सकार ओझा , ओम गुरुङ रहेका छन् फिल्ममा सिल्पा पोखरेलको लगानी छ । दिपक शर्माको संगीत , गोविन्द फुयालको कथा र कविराज गहतराजको नृत्य रहेको छ ।



