झापाको बिर्तामोडमा जारी तेस्रो रमपम गोल्डकप फुटबल प्रतियोगिताअन्तर्गत आज सम्पन्न खेलमा लक्ष्मी हुण्डाई मनाङ मर्स्याङदी क्लब विजयी बन्दै सेमिफाइनलमा प्रवेश गरेको छ।

सहारा फुटबल क्लब पोखरालाई टाइब्रेकरमा ५–३ को गोल अन्तरले पराजित गर्दै मनाङ मस्र्याङ्दी सेमिफाइनलमा प्रवेश गरेको हो।

बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा जारी प्रतियोगिता गोलरहित बराबरीमा सकिएपछि प्रतियोगिताको निर्णय टाइब्रेकरबाट लिइएको थियो ।

राष्ट्रिय खेलाडीले भरिएको मनाङले जितका लागि टाइब्रेकरको सहयोग लिनुपरेको थियो । टाइबे्रकरमा सहारा फुटबल क्लब पोखराका भीषण गुरुङको प्रहार बाहिरिएको थियो भने टीम कप्तान समेत रहेका मानबहादुर तामाङको प्रहार मनाङका गोलरक्षक दिनेश थापामगरले बचाएका थिए ।

मनाङका तर्फबाट सुजल श्रेष्ठ, विमल बस्नेत, अन्जन बिष्ट, डोना थापाको प्रहारले जाली चुमेको थियो । पोखराका विजय श्रेष्ठ, रन्दिप पौडेल र विशव अधिकारीले मात्र गोल गर्न सकेका थिए ।

खेलको ‘म्यान अफ द म्याच’ मनाङका अन्जन विष्ट घोषित भए । उनले रु २५ हजार पुरस्कार पाएका छन् ।

बुधबारको पहिलो क्वार्टरफाइनल खेल आयोजक रमपम झापा ११ र सिक्किम युनाइटेडबीच हुनेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah