शुक्रबारदेखि एकसाथ तीन फिल्म प्रदर्शन भएका छन्– मंगलम्, हुर्रे र गाँजाबाजा । यी तीनै फिल्मको आ–आफ्नै विशेषता देखिन्छ ।

त्यो के भने, नवल नेपाल निर्देशित मंगलम् युनिभर्सल सर्टिफिकेट प्राप्त फिल्म हो भने यम थापा निर्देशित हुर्रेले पिजी र गणेशदेव पाण्डेले निर्देशन गरेको गाँजाबाजाले एडल्ट सर्टिफिकेट प्राप्त गरेको छ ।

छविराज ओझाले निर्माण गरेको मंगलम्लाई पारिवारिक प्रेमकथानक फिल्म भनिएको छ भने सोनाम लामा र छिरिङ दोर्जे निर्मित हुर्रेलाई कमेडी फिल्म भनिन्छ ।

त्यस्तै, गोमा विष्ट, दीपेन्द्र रेग्मी र नारायण पाण्डेले निर्माण गरेको गाँजाबाजालाई युवापुस्ताका दर्शक लक्षित एडल्ट कमेडी फिल्मका रूपमा अथ्र्याइएको छ ।

मंगलम्मा नीर शाह, मिथिला शर्मा, शिल्पा पोखरेल, साम्राज्ञी शाह, पुष्प खड्का, पृथ्वीराज सार्इंलगायतले अभिनय गरेका छन् । फिल्ममा समावेश पर्ख पर्ख मायालु बोलको गीतले युट्युबमा एक करोडभन्दा बढी भ्यु पाइसकेको छ ।

त्यसैगरी, हुर्रेमा राजाराम पौडेल, केकी अधिकारी, विजय बराल, अंकित खड्का, अनुपविक्रम शाहीलगायत कलाकारले अभिनय गरेका छन् । हुर्रेमा समावेश ठेकीमा दही बोलको गीत चर्चामा छ ।

गाँजाबाजामा भने सुशील सिटौला, वर्षा शिवाकोटी, अनुपम शर्मालगायत कलाकारले अभिनय गरेका छन् । तीनवटै फिल्मका निर्माता आफ्नो फिल्म हिट हुनेमा विश्वस्त छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah