भारतमा सेक्स र्याकटको यो काण्ड पहिलो भने होइन। यो भन्दा पहिले पनि बलिउड तथा साउथ इन्डियाका नायिका कयौ पटक यौन धन्दाको काण्डमा फसिसकेका छन्।

तमिल, तेलुगु र मलयालम फिल्मकी नायिका तथा व्यावसायिक भरतनाट्यम डान्सर सुकन्या भारतको चेन्नई स्थित एक होटलबाट देह व्यापारको आरोपमा पक्राउ परेकी थिइन। गिरफ्तार पछि उनले पैसाको लागि देह व्यापार गरेको खुलेको थियो।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

सन् २०१४ मा हैदराबादको एक सेक्स स्क्यानडलमा श्वेता बासुको नाम आएको थियो। दुई महिनासम्म रेस्क्यू होममा बिताएपछि उनी घर फर्केकी थिइन। पछि हैदराबाद सेशन कोर्टले उनलाई सफाई पनि दियो। तर सेक्स र्याकेटमा नाम आएपश्चात भने उनको कुनै फिल्म आएन।

‘चलते चलते’ र ‘ओम शान्ति ओम’ जस्ता ठुला फिल्ममा काम गरिसकेकी दक्षिण भारतीय नायिका ऐश अंसारीलाई सन् २०१३ नोभेम्बर ५ मा रंगे हात देह व्यापार गर्दै गर्दा पक्राउ गरिएको थियो। उनी संग होटलबाट अन्य तीन महिलाई पनि पक्राउ परेका थिए। ऐश अन्सारीसंग जोडिएको यो सेक्स र्याकेट अनलाईन संचालन हुने बताइएको थियो।