फ्राइडे रिलिज अन्तर्गत आज शुक्रबारबाट एकमात्र चलचित्र ‘शत्रु गते’ प्रदर्शनमा आएको छ । चलचत्रिले देशभरका सिङ्गल तथा मल्टिप्लेक्स सबै चलचित्र भवन पाएको छ ।
‘शत्रु गते’ महसञ्चारको निर्माण र किरण केसीको प्रस्तुतीमा सामाजिक कथामा बनेको चलचित्र प्रदीप भट्टराइले निर्देशन गरेका हुन् ।
चलचित्रमा मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, दीपकराज गिरी, प्रियंका कार्की, दीपाश्री निरौला, पल शाह, आँचल शर्मा, राजाराम पौडेल, शिवहरी पौडेल, किरण केसी, बसुन्धरा भुषाल, सुष्मा कार्की, रमेश रञ्जन झा लगायतका कलाकार मुख्य भुमिकामा छन् ।
https://youtu.be/8gebgAv4O_oतराई र काठमाडौंमा छायांकन गरिएको यो चलचित्रमा हरिवंश आचार्यको कथा, दीपकराज गिरी र प्रदीप भट्टराईको पटकथा, हरिवंश आचार्य र प्रदीप भट्टराईको संवाद छ ।
https://youtu.be/tdsj7V98MRQ









