साउथ अभिनेत्री जयन्तीको निधन भएको खबर मंगलबार बाहिरियो । उनको मृत्युको खबर बाहिरिएसँगै धेरैले जयन्तीको आत्माको चीरशान्तिको कामना गरे ।
तीस वर्षदेखि श्वासप्रश्वास सम्बन्धि रोगबाट पीडित रहँदै आएकी जयन्तीको मंगलबार राति उपचारको क्रममा अस्पतालमा मृत्यु भएको खबर बाहिरियो । त्यसपछि सामाजिक सञ्जालमा उनीप्रति श्रद्धाञ्जली व्यक्त भइरह्यो ।
तर, एक्कासी जयन्तीको परिवारले उनी जीवितै रहेको तथ्य सार्वजनिक गरेपछि मानिसहरु आश्चर्यचकित भए । जयन्तीको निधन भएको खबर झुटो रहेको र हाल उनी चिकित्सकको निगरानीमा उपचारत रहेको जयन्तीको परिवारले जनायो । परिवारकाअनुसार जयन्तीको स्वास्थ्यमा सुधार आइरहेको छ ।
मेडियाएनपी बाट



