मुम्बइ। बलिउड हिरो अभय देओलको हरर फिल्म ‘नानू की जानू’ को ट्रेलर लञ्चमा गएका अभयको कारमै हरर दृश्य देखियो । उनी जुन कारमा कार्यक्रमस्थल पुगेका थिए त्यो कार सही दिशामा गुडिरहेको थियो तर कारमा कुनै ड्राइभर थिएन ।
यस्तो दृश्य देख्दा त्यहाँ भएका सबै दर्शक चकित भए । बिना ड्राइर कार सही दिशामा चलिरहेको देख्दा त्यहाँ भएका दर्शकले हिरोको गाडी पनि ‘भूत’ले चलाएको सम्झे ।
फिल्म हरर भएकोले उनले ट्रेलर लञ्च कार्यक्रममा आकर्षण ल्याउन यस्तो गरेका थिए । यसका लागि उनले ‘ओडी’ कार प्रयोग गरेका थिए । ओडीको यो बिना ड्राइभरको कार हालै भारत आएको छ । यो कार रिमोटको मद्दतले चलाउन सकिन्छ ।
यसको लागि ड्राइभरको सिटमै बस्नु आवश्यक छैन । यो कार बिक्रीका लागि उपलब्ध भइसकेको छैन तर टेष्ट ड्राइभका लागि लिन भने सकिन्छ । अभयले यही कार केही समयको लागि लिएर कार्यक्रमस्थल पुगेका थिए । फिल्म २० अप्रिलमा रिलिज हुँदैछ । भिडियो हेर्नुहोस्



