एजेन्सी- कालो हरिण मारेको आरोपमा दोषी ठहर भएपछि बलिउड अभिनेता सलमान खान जोधपुलको सेन्ट्रल जेलमा कैदी नम्बर १०६ भएका छन्।

उनलाई जेलको वार्ड नम्बर २ मा राखिएको छ। जोधपुर डीआईजी जेलर विक्रम सिंहले भनेका छन्, ‘सलमान खानको मेडिकल टेस्ट गरिएको छ। उनलाई कुनै समस्या छैन। भोलि उनलाई जेलको बर्दी दिन्छौँ।’

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

उनका अनुसार सलमानलाई छुट्टै चार सुरक्षाकर्मी खटाइनेछ। यसका साथै शुक्रबार उनले आफ्नो आफन्तसँग भेटघाट गर्न पाउने जेल प्रशासनले जनाएको छ।

यसअघि विहीबार नै सलमान खानलाई खाना खान अलग्‍गै भाडाकुँडा दिइएको छ। खानामा चनाको दाल, बन्दाकोभीको सब्जी र रोटी दिइएको छ। यस्तै बिहानको खाजामा चिया र विस्कुट दिइनेछ। यसका साथै उनलाई खिचडीसमेत उपलब्ध गराइनेछ।

भारत राजस्थान जोधपुरको अदालतले २० वर्ष पुरानो मुद्दामा बिहीबार फैसला सुनाउँदै सलमानलाई सजाय सुनाएको थियो। अदालतको फैसलापछि कतै खुशीयाली छ भने कतै निराशा छाएको छ।