काठमाडौं । गत वर्षको मिस नेपालको ताज पहिरेकी निकिता चन्दकले फिल्ममा अभिनय गर्ने भएकी छिन्।

दुईमहिना अघि घोषणा गरीएको ‘रानीमहल’ नामक फिल्ममा उनले अभिनयका लागि आइतबार हस्ताक्षर गरेकी हुन् । फिल्ममा निकिताले अभिनयका लागि सम्झौता गरेको निर्माण कम्पनी स्वस्तिक फिल्मले जनाएको छ।

दुई महिनाअघि नै फ्लोरमा जाने तयारीमा रहेको फिल्मको पर्याप्त तयारी नपुगेपछि निर्माण टिमले सुटिङ रोकेको थियो । भनेको समयमा सुटिङमा नगएपछि वर्षा सिवाकोटी, प्रशान्त ताम्राकार र आशिष अधिकारीले फिल्म छाडेका थिए।

२ करोडको लगानीमा बन्न लागेको फिल्ममा अव वर्षाको स्थानमा निकिता र ताम्राकारले गर्ने भूमिकाका लागि अर्जुनजंग शाही फाइनल भएको निर्माण पक्षले जनाएको छ । फिल्मका केही दृश्य स्वदेशमा र केही विदेशमा समेत खिच्ने निर्माण टिमले बताएको छ।

चलचित्रमा नीर शाह, सुष्मिता के. सी., बि एस राणा, भोला शाह, सौगात धिताल, उमा बेवी, बिष्णु सापकोटा, अनुराग कुँवर, रश्मी भट्ट, नगेन्द्र रिजाल, बिनोद सापकोटा, सिलु पोख्रेल, अनामिका लामिछाने, युनिता खत्री, पुस्पा निरौला लगायतको अभिनय रहने छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah