आँखा झिम्क्याएर चर्चामा आएकी दक्षिण भारतीय अभिनेत्री प्रिया प्रकाश वारियरको चर्चा अझै सेलाएको छैन। प्रिया प्रकाश मलयालम फिल्म ‘ ओरु अदार लव’ बाट रङ्गीन दुनियाँमा प्रवेश गरेकी छन्। यो फिल्मको गीतको २६ सेकेन्डको भिडियो निकै भाइरल भएको थियो।
उनै अभिनेत्रीले एक पटक फेरी आँखा झिम्काएर चर्चामा आएकी छिन्। उनले कुनै चलचित्रमा नभइ एक विज्ञापनमा आँखा झिम्क्याएर धेरैको मन जितेकी हुन्। उनी चर्चित चकलेट ब्रान्ड 'नेस्ले'को विज्ञापनमा देखिएकी छिन् जुन विज्ञापन भाइरल भइरहेको छ। आइपिएलको लागि विशेष गरी तयार गरिएको विज्ञापन छ भाषामा रिलिज गरिएको छ।
https://youtu.be/iODVb1TCqSo
सवालनेपाल टिभी
https://youtu.be/dE34VdrG9BA










