बलिउड र दक्षिण भारतीय फिल्म उद्योगमा चल्तीमा रहेका अभिनेता प्रकाश राज आजभोली पत्नीसँगको तस्बिरका कारणले ट्रोल भइरहेका छन् ।

१२ वर्ष कान्छी पत्नी पोनीसँग स्विमिङ पुलमा नुहाएको तस्बिर सार्वजनिक भएपछि सामाजिक सञ्जालमा ट्रोल भएका हुन्, प्रकाश राज ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

केही प्रयोगकर्ताले उनलाई ‘बुढा’को संज्ञा दिँदै बुढ्यौलीमा जवानीले सताएको भनेर पनि लेखेका छन् । उनको यस तस्बिरमा धेरैले सोधेका छन्, के यी तिम्री छोरी हुन् ?

प्रकाशले २०१० मा पोनीसँग दोस्रो विवाह गरेका थिए । ५० वर्षका उमेरमा २०१६ मा उनी पिता बनेका थिए । –एजेन्सी/ दैनिक नेपाल बाट