मुम्बई। सोनम कपुर र आनन्द आहुजाबीच हुने यतिबेला बलिउड फिल्मी उद्योगको सबैभन्दा ठूलो समाचार हो। लामो समयदेखि आफ्नो विवाहको विषयमा मुख नखोलेकी सोनमको विवाहको विषयमा फरक फरक समाचार सार्वजनिक भएका थिए।

बम्बे टाइम्समा प्रकाशित भएको एक समाचारका अनुसार सोनम र आनन्दले आफ्नो विवाहका लागि खास योजना बनाएका छन्। सो योजना अनुसार सोनम र आनन्दले आफ्नो विवाहमा कार्ड नछपाउने भएका छन्।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

उनीहरुले कार्डको ठाउँमा ई– इन्भिटेशन पठाउने भएका छन्। यो कस्टमाइज्ड कार्ड्समा पाहुनाको नाम लेखिएको हुन्छ। दुई पेजको यो इन्भिटेशन कार्ड हरियो रङको हुनेछ। योसँगै केही स्टिकर्सपनि छपाइने भएको छ। त्यसको उद्देश्य भनेको नबोलाएका मानिस विवाहमा नआउन भन्ने हो।

विवाहका दिन गेटमा पाहुनाले मोबाइलमा आफ्नो निमन्त्रणा कार्ड देखाउनुपर्ने हुन्छ। विवाहको तयारीको सुरुवात ७ मे बाट हुनेछ। मेहन्दी र हल्दी लगाउने परम्परा सोमन कपुरको बीकेसी रेजिेडेन्समा हुनेछ।