दमक, बैशाख २६
झापाको दमकमा जारी दमक गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो सेमिफाइनल खेलमा मनाङ मस्र्याङ्दी क्लब विजयी भएको छ । उसले त्रिभुवन आर्मी क्लबलाई टाइब्रेकरमा पराजित गर्यो ।

बुधबँरको खेलमा मनाङले त्रिभुवन आर्मी क्लबलाई टाइब्रेकरमा ५–४ गोलले पराजित गरेको थियो । निर्धारित समय १–१ को बराबरीमा सकिएपछि टाइब्रेकर खेलाइएको थियो । टाइब्रेकरमा मनाङका सुजल श्रेष्ठ, विमल बस्नेत, कमल श्रेष्ठ, अन्जन विष्ट र हेमन गुरुङले गोल गरेका थिए । आर्मीका भरत खवास, जर्जप्रिन्स कार्की, सन्तोष तामाङ र विवेक बस्नेतले गोल गरेको थिए । पेनाल्टीमा आर्मीका दीपक गुरुङ गोल गर्न चुकेका थिए ।

 

दमक बहुमुखी क्याम्पसको मैदानमा भएको खेलको ३० औं मिनेटमा टंक बस्नेतले गोल गर्दै आर्मीलाई अग्रता दिलाएका थिए । तरा मनाङका दीपक राईले ४७ औं मिनेटमा गोल गर्दै खेल बराबरीमा ल्याएको थियो । खेलको १० औं मिनेटमा आर्मीका कप्तान भरत खवासको क्रस प्रहारलाई मनाङका विदेशी डिफेण्डर फ्लोरेन्टले हेडमार्फत क्लियर गरेका थिए । मनाङका विमल रानाको क्रस पासलाई सुजल श्रेष्ठले गरेको प्रहार गोलपोस्ट नजिकैबाट बाहिरिएको थियो । ५३ औं मिनटमा आर्मीका गोलकिपर विकेश कुथुको हातबाट फुत्किएको बललाई मनाङका अन्जान विष्टले गरेको प्रहार क्रसबार नजिकैबाट बाहिरिएको थियो । ६१ औं मिनेटमा आर्मीका नवयुग श्रेष्ठले पाएको अवसरलाई पुनः चुकाएका थिए । उनलाई मनाङका डिफेण्डरले बल प्रहार गर्न रोक्दै बल क्लियर गरेका थिए ।

 

खेलमा मनाङका गोलकिपर विशाल श्रेष्ठ म्यान अफ द म्याच घोषित भए । उनले नगद ११ हजार रुपैया प्राप्त गरे । मनाङले उपाधिको लागि शुक्रबार नेपाल पुलिस क्लबसंग फाइनल खेल खेल्नेछ । गोल्डकपको विजेताले नगद १३ लाख ११ हजार तथा उपविजेताले ६ लाख ११ हजार रुपैया प्राप्त गर्नेछ । गोल्डकप दमक नगरपालिकाले आयोजना गरेको हो । बैशाख १९ देखि सुरु भएको गोल्डकपमा ए डिभिजनसहित १० टिमको सहभागीता रहेको थियो ।

 

https://youtu.be/745KbiIQyAA

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah