नयाँ दिल्ली–आइपिएल क्रिकेटअन्तर्गत नेपाली युवा स्पिनर सन्दीप लामिछानेले डेब्यू गरेको खेलमा दिल्ली डेयरडेभिल्सले रोयल च्यालेन्जर्स बैंग्लोरलाई १ सय ८२ रनको लक्ष्य लक्ष्य दिएको छ। दिल्लीको फिरोज शाह कोटला मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको दिल्लीले ४ विकेटको क्षतिमा १ सय ८१ रन जोड्यो।

दिल्लीका लागि अभिशेक शर्मा र रिशव पन्तले उत्कृष्ट ब्याटिङ् गरे। रिवशले ३४ बलमा ६१ रन जोडे। उनले ५ चौका र ४ छक्का प्रहार गरे। यस्तै अभिशेकले नटआउट ४६ रन जोडे। उनले १९ बलमा ३ चौका र ४ छक्का प्रहार गरे। कप्तान श्रेयर एयरले ३२ रन जोडे। ओपनर पृग्वी शाह २ रन र जासन रोए १३ रनमा आउट भएका थिए। बलिङतर्फ बैंग्लोरका युजेभेन्द्र चाहलले २ विकेट लिए।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

खेलमा सन्दीपले दिल्ली डेयरडेभिल्सबाट डेब्यु गरेका छन्। यसअघि देल्लीबाट लगातार प्लेइङ ११ मा परेका अस्ट्रेलियाका अलराउन्डर ग्लेन म्याक्सवेलको स्थानमा सन्दीपले दिल्ली डेयरडेभिल्सको पहिलो रोजाइमा पर्दै शनिबार आइपिएलमा डेब्यू गरेका हुन्। सन्दीप यसअघि दिल्लीका ११ खेलमा पहिलो रोजाइमा पर्न सकेका थिएनन्।

११ खेलमध्ये ८ खेलमा पराजित भएको दिल्लीको प्लेअफमा पुग्ने सम्भावना भने गणीतिय रुपमा मात्र सम्भव छ।

सन्दीप २० लाख भारतीय रुपैयाँमा दिल्लीमा आवद्ध भएका थिए। आजको खेलमा प्लेइङ ११ मा सन्दीपसहित ४ विदेशी खेलाडी छन्। ४ विदेशी खेलाडीले मात्र खेल्न पाउने आइपिएलमा आजको खेलमा सन्दीपसहित इंग्ल्यान्डका जासन रोए, न्युजिल्यान्डका ट्रेन्ड बोल्ड र दक्षिण अफ्रिका तीव्र गतिका बलर जुनियर डाला दिल्लीको टिममा छन्।