काठमाडौं– बारामा सवारी दुर्घटना हुँदा एसपीको मृत्यु भएको छ भने प्रमुख जिल्ला अधिकारी घाइते भएका छन्।

मृत्यु हुनेमा सशस्त्र प्रहरी बलका एसपी बलराम पोखरेल रहेका छन् भने बाराका सिडिओ गणेश भट्टराई गम्भीर घाइते छन्।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

उनीहरु चढेको गाडी बाराको कलैयाबाट निजगढ जाने क्रममा ट्याक्टरसँग ठोक्किएरर दुर्घटना भएको डिआइजी हरि पालले बताए।

प्रजिअ भट्टराईलाई थप उपचारका लागि हेलिकप्टरबाट काठमाडौं ल्याउने तयारी भइरहेको प्रहरीले जनाएकाे छ। नेपाल लाइभ बाट साभार