ताप्लेजुङ- ताप्लेजुङको मेरिङदेन गाउँपालिका–३ दोभानमा भीषण आगलागी हुँदा करिब १० घर जलेका छन्।
करिब ५० घरधुरी रहेको बाक्लो बस्तीमा आज लागेको आगो नियन्त्रणका लागि सशस्त्र प्रहरी बल नेपाल नं. १ कञ्चनजङ्घा गुल्मबाट सुरक्षाकर्मी परिचालन गरिएको छ।
आगलागीको कारण भने अहिलेसम्म खुल्न नसकेको सशस्त्र प्रहरी बल नेपालका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए ।
आगो नियन्त्रणमा लिन सुरक्षाकर्मी तथा स्थानीयवासी परिचालन भएका छन्। आगलागीबाट भएको क्षतिको थप विवरण आउन बाँकी छ।










