भर्खरै गठन भएको प्रस्तावित विवेकशील नेपाली दलले आफ्नो संगठन विस्तार लाई तिव्र पारेको छ। पाच बर्ष अगाडि वैकल्पिक शक्तिको आवस्यकता बिषयमा बहस चलाउदै शुरु भएको विवेकशील नेपाली दल गत स्थानीय चुनाव पश्चात् रविन्द्र मिश्र नेतृत्वको साझा पार्टी सग एकता गरिएको भएपनी एकता को सहमति अनुसार पार्टी अगाडि नबढेर गलत दिशामा गइरहेको भन्दै तत्कालीन विवेकशील साझा पार्टीका एक संयोजक उज्ज्वल बहादुर थापाको नेतृत्वमा ४०% केन्द्रिय सदस्य हरु समेत भइ विवेकशील नेपाली दल दर्ताको निम्ति गत पौष २७ गते निर्वाचन आयोगमा निवेदन दिएका थिए।
एक महिना नपुग्दै प्रदेश ३, ४ र ५ मा प्रदेश समिति निर्माण भैसकेको छ। त्यसैगरी आजै मात्र प्रदेश नं १ मा २५ सदस्यीय प्रदेश समिति निर्माण भएको छ। उक्त समितिको अध्यक्षमा सन्तोष घिमिरे , उपाध्यक्षमा निकु बस्नेत, महासचिवमा सुवास सुवेदी त्यसैगरी कोषाध्यक्षमा इन्द्र कमल अधिकारी रहेका छन।
साथै आजै प्रदेश नं २ मा समेत प्रारम्भिक छलफल भएको जानकारी प्राप्त भएको छ।











