गृह मन्त्रालयले शनिबार १४ जना एसपीको एसएसपीमा र २६ जना डिएसपीको एसपीमा बढुवा गरेको छ ।

एसएसपीमा बढुवा हुनेको पहिलो नम्बरमा सन्दीप भण्डारी रहेका छन् ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

यस्तै टेकप्रसाद राई, उमेशराज जोशी, श्यामलाल ज्ञवाली, गणेश रेग्मी, रामदत्त जोशी, दीपक थापा, मिरा चौधरी, बुद्धिराज गुरुङ, किरण बज्राचार्य, पोषराज पोखरेल, टेकबहादुर तामाङ, बसन्तबहादुर कुवर, भिम ढकाल पनि बढुवा भएका गृह मन्त्रालयले जनाएको छ ।

यस्तै २६ जना डिएसपी एसपीमा बढुवा भएका छन् ।

एसपीमा बढुवा हुनेमा रमेश बस्नेत, हिरा पाण्डे, श्यामकृष्ण अधिकारी, नान्तीराज गुरुङ, रविन्द्र रेग्मी, गोविन्द अधिकारी, कृष्ण प्रसाईं, मेखबहादुर खत्री, बिनोद सिलवाल रहेका छन् ।

यस्तै भिम दाहाल, रमेश थापा, प्रकाश रानाभाट, बिमल कडेल, कमल थापा, जनार्दन जिसि, कृष्ण कोइराला, सन्तोष खड्का, दान मल्ल, रन्जु सिग्देल, अनुपम राणा, श्याम महतो, कृष्ण पङेनी, हेम थापा, अजय केसी, नवराज अधिकारी, वीर बुढा पनि बढुवा भएका गृह मन्त्रालयले जनाएको छ । दैनिक नेपाल बाट साभार