काठमाडौं । सशस्त्र प्रहरी बल (एपीएफ) को प्रहरी निरीक्षक (इन्सपेक्टर) का लागि लोकसेवा आयोगबाट लिइएको लिखित परिक्षाको नतिजा आइतबार सार्वजनिक भएको छ ।

एपीएफले इन्सपेक्टरको पदमा खुलातर्फ २४, महिलातर्फ ४, आदिवासी जनजातितर्फ ६, मधेसीतर्फ ५, दलिततर्फ ३ र पिछडिएको क्षेत्रतर्फ १ जनाको लागि आवेदन माग गरेको थियो ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

जसअन्तर्गत खुलातर्फ ३०, आदिवासी जनजातितर्फ ८, मधेसीतर्फ १, दलिततर्फ १ जनाले लिखित परीक्षामा नाम निकाल्न सफल भएका छन् ।

परीक्षामा २ सय ९४ जना सहभागी भएका थिए । लिखित परिक्षा यही पुस २७, २८, २९ र ३० गते सञ्चालन भएको थियो ।