चलचित्र शिवमको गित को रेकर्ड सकिएको छ । गायक स्वरुपराज आचार्यको कर्णप्रिय आवाज तथा कृष्ण बम मल्लको सुमधुरमा उक्त गित रेकर्डिङ् सम्पन्न भएको हो । एकोस्टिक नेपाल स्टुडियो नक्सालमा आज गित रेकर्ड गरिएको हो । उक्त फिल्मको छायानकन यही १७ बाट सुरु हुने बताईएको छ । निर्माता भने कल्पना खरेल रहेकी छन् । नायक सोहम भेटवाल तथा सुभेच्क्षा थापा रहेका छन् भने अरु छनोट गर्न बाँकि रहेको बताईएको छ ।
निर्देशक राजु गिरीको निर्देशनमा निर्माण हुन लागेको उक्त चलचित्र राजु गिरी प्रोडकसन ब्यानरमा रहनेछ भने रामेश्वर हुमागाइले क्यामेरामा कैद गर्नेछन। शुटिङ भने ईलाम र जोमसोममा हुने तयारीमा छ ।



