काठमाडौं। सिताराम कट्टेल ‘धुर्मुस’ र कुन्जना घिमिरे ‘सुन्तली’द्वारा स्थापित धुर्मुस सुन्तली फाउण्डेशनले आफ्नो फाउण्डेशनको लागि ठूलो मात्रामा कर्मचारीको माग गरेको छ। विस. २०७२ सालको भूकम्पपछि सामाजिक कार्य गर्ने उद्देश्यका साथ यो फाउण्ड्शनको स्थापना भएको थियो।
स्थापना लगत्तै यो फाउण्डेशनले बिभिन्न ठाउँबाट सहयोग जुटायर भूकम्पले क्षति पुर्याएका धेरै ठाउँमा एकीकृत नमुना बस्ती निर्माण गरिसकेको छ। यसको साथै बिभिन्न प्राकृतिक प्रकोपबाट क्षति पुगेका ठाउँका मानिसहरुलाई सहयोग पनि गरेको छ।
सामाजिक कार्य गर्ने सिलसिलामा यो फाउण्डेशनले अहिले चितवनको भरतपुरमा गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियम निर्माणमा लागिरहेको छ। यो रंगशाला निर्माण गर्नका लागि धुर्मुस–सुन्तलीलाई देश तथा विदेशबाट सहयोग पनि प्राप्त भइरहेको छ। यसै रंगशाला निर्माणका लागि यो फाउण्डेशनले बिभिन्न पदका लागि ठूलो मात्रामा कर्मचारीको माग गरेको छ। उक्त कामको लागि https://merojob.com/employer/dhurmus-suntali-foundation/ मा गएर निवेदन दर्ता गर्न सकिनेछ।











