मानिसहरुले गर्भ निरोध तथा बिभिन्न रोगबाट बच्ने उपाएको लागी कण्डम प्रयोग गर्ने गर्छन् । गर्भ निरोध तथा बिभिन्न यौन रोगबाट बच्नको लागि पुरुषले कण्डमको प्रयोग गर्ने गरेको पाईन्छ,तर अस्थायी साधनको रुपमा प्रयोग गर्ने कण्डमको आविष्कार कहिले भएको होला ? भन्ने चासो धेरैको हुनसक्छ ।
त्यहि सम्बन्धि रोचक तथ्यहरु यस प्रकारका छन् :-
१. इतिहास खोतल्ने हो भने सबैभन्दा पहिले फ्रान्सको एक गुफामा कण्डम आकारको चित्र फेला परेको थियो । उक्त चित्र १५ हजार वर्ष पूरानो भएको बताइन्छ । विश्वको सबैभन्दा पूरानो कण्डम भने स्वीडेनमा फेला परेको छ ।
२. १६ औँ सताब्दीमा भिरिंगी रोगबाट बच्नका लागि कण्डमको आविष्कार भएको थियो । त्यस समयमा फ्रान्समा धेरै मानिसहरु गुप्तरोगका कारण मरिरहेका थिए ।
त्यसैले गेबरिल फेलोपियो नामक आविष्कारकले यसको उपचार खोज्ने कोसिस गरे । उनले नाइलन फाइबरको खोललाई एक रसायनिक घोलमा डुबाए र त्यसपछि सुकाए ।
३. पहिले लेटेक्सबाट पनि कण्डम बनाइन्थ्यो । त्यस्तै जनावरको आन्द्रालाई पनि कण्डोमका रुपमा प्रयोग गरेको इतिहास छ । त्यसपछि कण्डम बनाउनका लागि नाइलन, स्लिक र छालाको पनि प्रयोग गरियो ।
४. अहिले कण्डम सजिलैसँग किन्न पाइन्छ । तर सन् १९२८ पछि अमेरिकामा डाक्टरको सिफारिसपछि भेन्डि मेसिनबाट निकाल्न सकिने भयो ।
५. सोची ओलम्पिकमा खेलाडीहरुका लागि ओलम्पिक भिलेजमा १ लाख कण्डम पुर्याइएको थियो ।









