११ फागुन – एमाले अध्यक्ष केपी ओलीले शनिबार ६६ औं जन्मदिन मनाए । जन्मदिनका अवसरमा उनले नयाँबानेश्वरस्थित संसद भवनमा साँसद्, पत्रकार र कर्मचारीलाई चकलेट बाँडे ।

संविधान संशोधन प्रस्ताव अगाडि बढाउन नदिने एमाले अडानपछि संसद बैठक सूचना टाँसेर स्थगित भयो । नेताहरु बाहिरिए । ओलीको प्रतिक्षामा केही पत्रकार क्यामेरासहित संसद भवनको मुल गेटमा थिए । ओली आएपछि एक सञ्चारकर्मीले सोधे– अध्यक्षज्यू, अब के हुन्छ ? ओली टक्क रोकिए । मुसुक्क हाँसे र भने, ‘आजबाट ६६ वर्षको भएँ, अब के हुन्छ भन्न सक्दिन ।’ यति भनेर ओली फटाफट गाडी चढेर बाहिरिए । पत्रकारबीच हाँसो चल्यो ।