दमक/एकदर्जनभन्दा बढि चलचित्र बनाएका चर्चित निर्देशक राजु गिरीले अर्चना पनेरुलाइ आफूले सुधार्न खोजेपनि नसुध्रेको आरोप लगाएकाछन् । पनेरुलाइ लिएर चलचित्र बनाउदा राम्रै हुने ठानेर सोचे पनि त्यसले आफूलाई फाइदा भन्दा बढि बेफाइदा भएको उनको भनाई रहेको थियो । शिवम् चलचित्रको तयारीको शिलशिलामा पूर्व आएका गिरीले भने–‘उसलाई सुधार गर्न खोजेको तर सुध्रने मान्छे त्यो होइन रहेछे ।’

पनेरुलाई लिएर जिस्म चलचित्र बनाएका उनि त्यहि शिलशिलामा पोखरामा पक्राउ समेत परेका थिए । गिरीले भने–‘लामो चलचित्र बनाउदाको इतिहासमा प्रहरीको खोरमा जानु पर्दा मलाई धेरै दुख लाग्यो ।’ उनले पनेरु अहिले गुमनाम हुनुमा उसको चर्तिकला नै भएको पनि टिप्पणी गरे । गिरीले पनेरुको आमा प्रति पनि आक्रोश पोखे । उनले भने–‘आमाछोरीका कारण नै यस्तो भएको हो अब उनिहरु कहि पनि बिक्दैनन् ।’गिरीले पनेरुलाई आफूले चलचित्रमा ठाँउ दिएर गल्ति गरेको पनि बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय