
फाइल तस्बिर
नेपाल कम्युनिष्ट पार्टी नेकपा झापाको जिल्ला कार्यदलले शिवसताक्षी नगरपालिकाका ११ वटा वडा वाहेक जिल्लाका १२० वटा वडा कमिटीमा अध्यक्ष र सचिवको कार्यविभाजन सकेको छ ।
आज पार्टी जिल्ला कार्यालयमा बसेको कार्यदलको बैठकले जिम्मेवारी दिने स्थानीय नेताको नामावलीमा सहमति गरेको हो । भोलि पार्टीका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड सहिद दिवसको अवसरमा झापाको सुखानी आउने कार्यक्रमलाई मध्यनजर गरी वडा कमिटीको नेतृत्व तय गरिएको हो । अध्यक्षद्वयले भोलि ११ वजे सुखानीमा सम्वोधन गर्ने कार्यक्रम छ । कार्यक्रमका लागि प्रचण्ड विराटनगर हुँदै आज नै आउनु भएको छ भने प्रधानमन्त्री ओली भोलिको फ्लाइटबाट आएर भोलि नै फर्कने कार्यक्रम छ ।

शिवसताक्षी नगरमा पनि तत्कालिन एमालेले वडा नम्वर १, ३, ५, ७, ९, १० र ११ नम्वरमा अध्यक्ष र तत्कालिन माओवादी केन्द्रले २, ४, ६ र ८ नम्वर वडामा अध्यक्ष पाउने गरी कार्यदलमा सहमति भएको छ । तत्कालिन अवस्थामा एउटाले अध्यक्ष र अर्कोले सचिव पाउने गरी जिल्ला भरको वडाको नेतृत्व तय गरिएको स्रोतले जनाएको छ । वडाको नेतृत्वको नामावली पार्टीले भोलि सुखानीमा सार्वजनिक गर्दैछ










