आकाशैमा बादलु डम्मै छ, मनमा के छ भन्नेलाई सम्मै छ, चौतारीको बर ,नसोधे हुन्थियो म दुखिको घर।भर्खरै पराई घर आएकि मनभरी उकुसमुकुस भावना बोकेकि नेपाली चेलीको बेदना समेटीएको लोकगीत सॅग ठ्याक्कै मेल खान्छ कोरियामा कृषि क्षेत्रमा काम गर्ने प्रवासि नेपालीहरुको अवस्था।उनिहरु आफनो पिर ऑफैभित्र गुम्साएर राख्न बाध्य छन।हजारौ सपना बोकेर सुन्दर कल्पनामा रमाउदै झिलमिली कोरीया प्रवेश गर्दा त खुसि नै लाग्छ तर वास्तविकता अलि पर छ।फरक जिवन शैलीसॅग दुखका भयड़कर पाहाड चढनुपर्ने कठिन यात्राको शुरूवात काम शुरु गर्दाको दिनमा नै जोकोहिले अनुभुति गर्दछ।ऑफु र ऑफ्नो परिवारको सुन्दर भविष्यको लागि बाउन्न हन्डर त्रिपन्न ठक्कर खान विवस छन।

अर्थात नेपालमा जति आकर्षण छ कोरिया रोजगारीको परिस्थिति त्यस्तो छैन।सुरक्षित र भरपर्दो गन्तव्य बिकसित राष्ट्र भनेपनि श्रम कानुन द्वारा कृषि मजदुरलाई बिभेद गरिएको छ।दुर्घटना बिमा स्वास्थ्य उपचार एवंम अन्य सेवा सुविधा बाट कृषि मजदुरहरु बन्चित छन।लगातार बार घन्टा काम गर्नु पर्ने हुन्छ ।नेपालमा औसि र पुर्णियाको दिन हल बारे जस्तै मुश्किलले महिनाको दुईदिन छुट्टी हुन्छ ।यो पनि साहु गतिलो भए मात्र हो।काम हुने महिनामा नहुन सक्छ ।तलव समयमा नदिने ।न्युनतम सरकारले तोकेको दिन समेत आनाकानि गर्ने।खाना ऑफै वनाउने खानु पर्ने छुट्टै पैसा नदिने।अझ बत्ति पानी नेटको पैसा काटने। होस्टेलमा अतिआवश्यक सुविधा र सुरक्षाको अभाव पनि खटिरहेको हुन्छ ।कृषिमा धेरै कामदार भएको फार्म कम हुने कारणले हेलाॅ ददुरव्यवहारका घटना दैनिक बढदो छन।काम हुॅदा बेस्करी लदाएर जाडो मौसममा खेतिपातिको काम कम हुनि समयमा बेरोजगार भएर बिभिन्न चर्च र सेल्टरमा शरण लिने कृषि कामदारको भिड देखिन्छ।एक्लै दुक्लै काम गर्नुपर्ने मजदुरलाई सॅधै सुरक्षाको चिन्ताले सताउछ।सॅगै एउटै उडानमा आएका साथिहरूको घर घडेरीको जोरजाम भईसक्ता कृषि मजदुरले घरखर्च जुटाउन धौ धौ हुन्छ ।थिलोथिलो भएको अचनाको पिर खुकुरीलाई थाहा नभए जस्तो कोरिया गएकोलाई नि एस्तो हुन्छ ? पत्याउनै गारो हुन्छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

कोरियाको कृषिमा हुनि औसत तलव स्केल १४/१५ लाख वन हो। नेपाली सरदर एकलाख तिस हजार हो।महड़गो बेसाहा खानुपर्ने हुनाले एकलाख बचाउन बडा मुश्किल हुन्छ ।औद्योगिक क्षेत्रमा ओभर टाइम खाना सुविधा बोनस पाउने हुनाले कृषि कामदारको भन्दा दोव्वर हुन्छ ।यसरी समान कामको लागि दोस्रो दर्जाको जीवन जिउनुको पिडा सहेर बस्नु फलामको चिउरा सरह भएको छ।नोभेम्वर देखि मार्च सम्मको काहाली लाग्दो माईनस २५ डिग्री सम्मको कठाड़ग्रिदो जाडो होस या जुलाई अगस्ट महिनाको प्लास्टिक घर भित्रको ४०/४५ डिग्रीको उखर्माउलो गर्मी होस काम नगर्नुको कुनै बिकल्प छैन।दिसापिसाव गर्न गको समय पनि हिसाब गर्नि साउ परे क्यारनी हो?कसैलाई त्यस्तो नि पर्न सक्छ।नेपालको निर्वाह मुखि खेतिपातिको अनुभव गरेका हामि बिल्कुलै व्यवशायिक आधुनिक कृषि पद्धतिमा एकैचोटी होमिन बाध्य छौ।काम के हो? भनेर सोधेमा साग टिप्ने हो गोरु हेर्ने हो भने देखि नेपालमा आहा !सजिलो रछ भाग्यमानी रछौ भनेर जवाफ पाइन्छ।याॅहा चुहुनि पहरामा दिनभरी घन ठोक्नु भन्दा गाहरो हुन्छ ।दिनहु आउनि अनलाईनमा पत्रिकामा छापिने दुई तिनलाख मासिक कमाई हुन्छ भनेर आउनी समाचारले हामि कृषि मजदुरको आलो घाउमा नुन चुक हालेर चहर्याएको जस्तै अनुभुति दिलाउछन।नेपाल सरकार र कोरियन सरकारले कृषि क्षेत्र का मजदुरको दयनीय अवस्थाको उचित संवोधन गर्न ढिलो भैसकेको छ।

कठिन संघर्षले पनि जिवनमा अदम्य साहस र उर्जा भरिदिदो रहेछ।आज कोरियाको कृषिमा काम गरेर फर्केका युवायुवतिहरूलाइ अव फेरी के गरुला भन्ने चिन्ताले पिरोल्दैन।

केहि राम्रा उदाहरण पस्किन सफल भएका छन।पक्कै पनि चुनौति धेरै छन तर संभवना र अवसर उत्तिकै छन।नियालेर हेरेमा मडारिएको कालो बादलमा पनि चाॅदीको घेरा हुन्छ भने झै कृषि मजदुरले कोरियामा बसेर बाॅझो खोरियालाई माया गर्न थालि सकेका हुन्छन ।हजारौको संख्यामा रहेका व्यवाहरीक तालिम प्राप्त यो जनशक्ति नेपालको कृषि क्षेत्रमा परिचालनको नीति सरकारले ल्याउनी हो भने हरित क्रांति हुनेछ।आशा गरौ यस तर्फ दुवै सरकारको चासो बढने छ।भविष्य हाम्रो हातमा छ।धन्यवाद हेलो कोरिया नेपालमा हरिराम भण्डारी ले लेखेका छन्