दम्पती बिचमा शारिरीक सम्बन्ध निकै महत्वपूर्ण कुरा हो । मानसिक प्रेमले मात्र संसार नचल्ने कारण शारीरिक प्रेम पनि उत्तिकै जरुरत पर्छ,जसले एक अर्काप्रतिको मायालाई प्रगाढ बनाउने गर्दछ, तर यौनसम्पर्कको लागी दम्पती बिच उत्तिकै चाहना वा भावना हुनु भने जरुरी छ, नत्र दुबैले सन्तोष लिन सक्दैनन् ।

यौनसम्पर्कको लागी पुरुष हतारिने र आफ्नो पार्टनसगँ सहमती लिने बारेमा बेवास्ता गर्दछन् । पुरुषको यस्तो बानीको कारण दुईको सम्बन्धमा असर पुगी सम्बन्ध बिस्थापित समेत हुनसक्दछ । यौन सम्पर्कको बेलामा पुरुष आक्रमक भई धेरै गल्तीहरु गर्दछन् । आज हामी यौनसम्पर्कको बेला पुरुषले गर्ने केहि गल्तीको बारेमा बताउँदैछौं । यस्तो गल्तीको बारेमा बुझेर अघि बढ्ने हो भने दम्पतीबिचको सम्बन्ध जहिले पनि समधुर हुनेछ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

१. पुरुषहरुको बानी हतारिएर जबरजस्ती यौनसम्पर्क गरिहाल्ने हुन्छ तर आफ्नोे पार्टनरसगँ रमाइलो माहोल बनाउने तर्फ पहिले ध्यान दिनुपर्दछ । जस्तैः अंगालो मार्ने, हात सुम्सुम्याउने वा चुम्बन गर्ने ।

२.यौन सम्पर्कको विषयमा महिलालाई धेरैनै तनाव हुने कारणले सहमती लिन एकदमै जुरुरी छ । पुरुषहरु बिना सुरक्षा यौनसम्पर्क गर्न चाहन्छन् । जसको कारणले दुबैमा खतरा हुनेगर्दछ ।

३. धेरै पुरुषहरु शारीरिक सम्बन्धमा मात्र ध्यान दिने गर्दछन्, सम्पर्कअघि र पछि आफ्नो पार्टरको चाहनालाई कदर गर्ने हो भने आफ्नो पार्टरमा यौनसगँ सम्बन्धी समस्या पनि हुदैन् । त्यसैले यस्ता कुरामा ध्यान दिने र सम्पर्क अघि,पछि पनि आफ्नो पार्टरलाई माया देखाउँनुपर्दछ ।

४.यौन सम्पर्कको विषयमा पुरुषहरु बेखबर हुन्छन् । उनीहरुको ध्यान यौन सम्पर्कमा मात्र केन्द्रित हुने कारण पार्टर नकारात्मक असर परी विश्वास पनि तोडिन सक्छ ।