काठमाडौं । नेपाल कम्ष्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विगत केही दिनयता सरकारको कामकारबाहीको निराशाजनक अधिव्यक्ति दिइरहेका छन् । पार्टीका अर्का अध्यक्ष केपी शर्मा ओलीले ‘सुखी नेपली समृद्ध मुलुक’ नारा बनाई सरकार सञ्चालन गरिरहेका बेला अध्यक्ष दाहालले भने सरकारका कामको समीक्षा गर्ने बेला भएको अभिव्यक्ति दिएका छन् ।

ओली नेतृत्वमा सरकार गठन भएको एक वर्षमात्र बिते पनि दाहालले सरकारको कामप्रति सन्तोष गर्ने ठाउँ नभएको संकेत गरेका छन् । पूर्व उपप्रधानमन्त्री भरतमोहन अधिकारी र पर्यटनमन्त्रीसहित हेलिकोप्टर दुर्घटना ज्यान गुमाएकाको स्मृतिमा पार्टीले बिहीबार आयोजना गरेको श्रद्धाञ्जली सभामा पनि अध्यक्ष दाहालले सरकारको एक वर्षको समीक्षा गर्नु पर्ने दोहोर्याए ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

सरकारको काम कारबाही प्रभावकारी बनाउन मन्त्रीहरु हेरफेर गर्न पनि पनि सकिने संकेत प्रचण्डले यसअघि नै दिईसकेका थिए । प्रधानमन्त्री ओलीले पनि केही मन्त्रीहरुको जिम्मेबारी परिवर्तन गर्ने र केही नयाँलाई अवसर दिने बारे प्रचण्डसँग छलफल गरिरहेको प्रोतको भनाई छ ।

मन्त्रिमण्डलमा नेकपा नेताहरू सुरेन्द्र पाण्डे, जनार्दन शर्मा र योगेश भट्टराईलाई सामेल गर्नेबारेमा छलफल चलेको बुझिएको छ । शर्मालाई गृहको जिम्मेबारी दिने र रामबहादुर थापा बादललाई अन्य मन्त्रालयाको जिम्मेबारी दिनेगरी ओली प्रचण्डबीच छलफल चलेको चर्चा छ । पर्यटनमन्त्री रवीन्द्र अधिकारीको निधनपछि सो ठाँउमा योगेश भट्टराईलाई लाने तयारी प्रधानमन्त्री ओलीको रहेको छ । छलफल बाट साभार गरिएको हो