दमक/आकर्षका जिउडाल र समधुर मुश्कानले उनलाइ देख्नेहरु भुतुक्कै नै हुन्छन् । रुपमा मानिसले कल्पना गरेको हिरोइन जस्तै नै छिन् । पूर्वेली कलाकार रेश्मा घिमिरे । मीस पूर्वेली सुपर मोडेल सन् २०१४ भइसकेकी उनी अभिनित पहिलो चलचित्र यो साइनो मायाको चैत ४ गते रिलिज हुदैछ ।
अहिले उनि सहितको चलचित्रको टिम प्रमोशनमा पूर्वी नेपालमा ब्यस्त रहेको छ । सोमबार झापाको दमक आएकी रेश्माले लजाउदै भनिन–‘यो चलचित्र मेरा लागि अग्नि परिक्षा हो र मैले यसबाट धेरै अपेक्षा गरेको छु ।’ उनले चलचित्र हेरिदिन पनि आग्रह गरिन् । उनी अभिनित यो चलचित्र चल्ला त अब ? पक्कै केहि दिन पर्खनु पर्ने हुन्छ । चलचित्र संघका पूर्वाञ्चल अध्यक्ष तथा एफ.डि कम्पनीको अध्यक्ष चैतन्य बरालले चलचित्र चल्ने खालको रहेको छ ।
प्रेम कथामा आधारित चलचित्र ‘यो साइनो मायाको’कोमा सञ्चारकर्मी जतिन ताम्राकारको पनि अग्नि परिक्षा हुदैछ ।
उनको पनि यो पहिलो चलचित्र हो । अरुण प्रधानले निर्देशन गरेकोे चलचित्रमा पूर्वका कलाकारहरुको बाहुल्यता रहेकाले चलचित्रले पूर्वमा राम्रो ब्यापार गर्ने अपेक्षा लिएको छ ।
मन्जिना मुभिजको ब्यानरमा निमार्ण भएको चलचित्र पटकथा सम्बाद पनि निर्देशक प्रधानले गरेका हुन । चलचित्रको अन्य कलाकारहरुमा नबनिताराज प्रधान, राजु भुजेल, किशोर भण्डारी, सुनिता ठाकुर, मनोज खतिवडा, दिवस सुवेदी, बिशाल श्रेष्ठ, उमा कार्की, गौरब खतिवडा लगायतका रहेकाछन् ।

प्रस्तुती बिष्णुप्रसाद पोखरेल



