काठमाडौं । नेकपा एमालेले मेची–महाकाली राष्ट्रिय अभियानमा खट्ने स्वयम्सेवकहरुलाई विशेष निर्देशनसहित विदाई गरेको छ ।

पार्टी कार्यालय धुम्वाराहीमा अभियानमा खट्ने स्वयम्सेवकहरुलाई प्रशिक्षण दिदै अध्यक्ष केपी शर्मा ओलीले विरोधीहरुलाई पार्टी विरुद्ध छरेका भ्रमहरु चिर्दै राष्ट्रियताका पक्षमा लाग्न निर्देशन दिए । उनले तराई मधेशमा त्यहाँका जनताको भावना अनुसार काम गर्न आग्रह गर्दै कसैले एमाले विरुद्ध गतिविधी गरे नछोड्ने बताए । उनले भने ‘म बिरामी छु । यो अभियानमा म हिड्दा हिड्दै ढले भने पनि साथिहरुले पिर नगर्नु,नआत्तीनु । एकछिनमा उठिहाल्छु ।’

अर्को प्रसंगमा ओलीले सङ्क्रमणकालको अन्त्य, स्थिरता, राष्ट्रिय एकता र सामाजिक सद्भावका लागि पार्टीको मेची–महाकाली अभियान सार्थक हुने बताए ।
उनले निर्वाचनमार्फत सङ्क्रमणकालको अन्त्य र स्थिरता, राष्ट्रिय एकता एवम् सामाजिक सद्भावका लागि एमालेका नीति र सोचबारे जनतालाई अवगत अभियान सफल हुने बताए ।

पार्टीबारे उत्पन्न गरिएका भ्रम अभियानले चिर्ने उल्लेख गर्दै उनले थपे – “यो एउटा यस्तो अभियान हो, जो अभूतपूर्व छ, असाधारण छ, छर्लङ्ग छ, एमालेबाहेक अरुले गर्न सक्दैनन् । यस्तो विचार र सङ्गठन अरुसँग हुँदैन र यो राष्ट्रका लागि गरिएको हो ।”

अभियानको अवधिभर अध्यक्ष ओली र वरिष्ठ नेतासहितको टोली मेची महाकाली पुग्नेछ । अभियानका करिब १० हजार स्वयम्सेवक परिचालन गरेको छ ।

पार्टीका सचिव प्रदीप ज्ञवालीले पार्टीको अभियानमा सामेल भएर राष्ट्रका लागि जिम्मेवार भूमिका निर्वाह गर्न र अभियान व्यवस्थित, प्रभावकारी र सुरक्षित गराउन आग्रह गरे ।

सचिव एवम् प्रचार विभाग प्रमुख योगेश भट्टराईले अभियानले संविधान संशोधन प्रस्ताव अनुचित छ र भावनात्मक राष्ट्रिय एकता सिर्जना गर्ने दावी गरे । अभियानका क्रममा ३० स्थानमा आमसभा, झाँकी, प्रदर्शन, पार्टी प्रवेशजस्ता कार्यक्रम हुनेछन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah