काठमाडौं– नेपाली काँग्रेस संसदीय दलको कार्यालयले सरकार र सिके राउतबीच भएको ११ बुँदे सहमतिप्रति गम्भिर ध्यानकर्षण भएको जनाएको छ । सोमबार एक विज्ञप्ति जारी गर्दै सो दलले दुवै पक्षले सहमतिबार गरेका अलग–अलग व्याख्याले अन्यौल श्रृजना भएको समेत दाबी गरेको छ ।

जारी विज्ञप्तिमा सहमतिमा प्रयोग भएको जनअभिमतको आसयलाई सिके राउत पक्षले स्वतन्त्र मधे राष्ट्रको लागि जनमत संग्रह हो भन्ने भ्रम छरेको र त्यसले गम्भीर प्रतिकूल प्रभाव पार्ने अवस्था अवस्था सृजना भएको दाबी गरिएको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

विज्ञप्तिमा भनिएको छ : ‘सहमति पश्चात सिके राउतको जनकपुर भ्रमणमा प्रदर्शन गरिएका व्यानर र प्लेकार्ड तथा लगाईका नाराले नेपालको राष्ट्रिय एकता र भौगोलिक अखण्डतालाई गम्भीर प्रतिकूल प्रभाव पार्ने अवस्था श्रृजना भएको छ ।’ साथै विज्ञप्तिमा सहमति प्रति दुवै पक्ष इमान्दार नभएको र आशंका उत्पन्न भएको समेत जनाइएको छ ।

रातो पाटि बाट