दमक/गृहमन्त्री विमलेन्द्र निधीले नेकपा (एमाले) ले यही फागुन २१ गतेदेखि आयोजना गर्न लागेको मेची–महाकाली राष्ट्रिय अभियान विथोल्न आह्वान गर्दै हिजो दिएको उत्तेजक अभिव्यक्तिप्रति नेकपा एमालेले गम्भिर आपत्ती जनाएको छ । राष्ट्रिय एकता, स्वाभिमान, सद्भाव र संविधान कार्यान्वयनका लागि प्रमुख प्रतिपक्षी दलले आयोजना गर्न लागेको कार्यक्रम विथोल्नका लागि गृहमन्त्रीबाटै अभिव्यक्ति आउनु अत्यन्त खेदजनक र निन्दनीय भएको भन्दै आपत्ती जनाएको हो । मंगलवार जारी गरिएको बिज्ञप्तिमा भनिउको छ—सरकारले घोषणा गरेको स्थानीय निर्वाचन सफल पार्न वातावरणसमेत तयार गर्ने मेची–महाकाली राष्ट्रिय अभियान भाँड्नका लागि मुलुकको शान्ति–सुरक्षाको नेतृत्व गरिरहेको जिम्मेवार व्यक्तिबाट आएको यस्तो अभिव्यक्तिको हाम्रो पार्टी घोर भत्सर्ना गर्दछ । अभियानलाई व्यवस्थित, अनुशासित र मर्यादित रुपमा सञ्चालन गर्ने गरी तयारी गरिरहेको बेला गृहमन्त्रीबाटै गैरजिम्मेवार र आपत्तिजजनक अभिव्यक्ति सार्वजनिक भएको प्रति आफूहरुको आपत्ती रहेको प्रचार बिभाग प्रमुख योगेश भट्टराइले बताउनु भयो । उहाँले कार्यक्रममा कुनै अवाञ्छित गतिविधि भएमा त्यसको सम्पूर्ण जिम्मेवारी गृहमन्त्री निधी र सरकारले लिनुपर्ने स्वतः स्पष्ट भएको जनाउनु भयो ।
गृहमन्त्रीलाई एमालेले दियो यस्तो चेतावनी(बिज्ञप्ति सहित)

सवाल नेपालसंवाददातामंगलबार, १५ फागुन २०७३

गृहमन्त्रीलाई एमालेले दियो यस्तो चेतावनी(बिज्ञप्ति सहित)
यो समाचार शेयर गर्नुहोस्:

« यो पनि पढ्नुहोस्
दमकका शैक्षिक परामर्श ब्यवसायीहरु सडकमा

यो पनि पढ्नुहोस् »
नयाँ आर्थिक वर्ष शुरु : शिक्षा, स्वास्थ्य र बिजुलीमा पनि थप करको व्यवस्था लागू
प्रतिक्रियाहरू0
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार व्यक्त गर्ने पहिलो बन्नुहोस्!
आफ्नो प्रतिक्रिया लेख्नुहोस्
तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।
सम्बन्धित खबर

दमकका शैक्षिक परामर्श ब्यवसायीहरु सडकमा
शुक्रबार, १ साउन २०८३
नयाँ आर्थिक वर्ष शुरु : शिक्षा, स्वास्थ्य र बिजुलीमा पनि थप करको व्यवस्था लागू
शुक्रबार, १ साउन २०८३
इङ्ग्ल्यान्ड भर्सेस अर्जेन्टिना: कसले मार्ला बाजी? यस्तो छ इतिहास
बुधबार, ३१ असार २०८३
विभिन्न कार्यक्रमका साथ गणतन्त्र दिवस मनाइँदै
शुक्रबार, १५ जेठ २०८३
आज गणतन्त्र दिवस, टुँडिखेलमा हुने समारोहमा प्रधानमन्त्रीले सम्बोधन नगर्ने
शुक्रबार, १५ जेठ २०८३


