काठमाडौँ – बिगत आठ बर्ष देखि नेपाली सिने संसारमा संघर्षरत नायिका मोडल रिया श्रेष्ठ अहिले सबै तिर भाईरल भएकी हट केक मोडल तथा नायिकाको रुपमा परिचित छिन ।
उनि भन्छिन धर्मको नाममा पशुपति क्षेत्रमा जोगी साधु बाबाहरु नांगै बस्ने अनि हिन्दु धर्ममा आस्था राख्नेहरु पुजा गर्दै शिर निहुराएर ढोग्न र आशिर्बाद लिन तछाड मछाड गर्न हुने तर हामी कलाकारहरुले कलाकारिता प्रस्तुत गर्दा किन कुरा काट्ने र नराम्रो बनाउने।
रिया थप्छिन बिस्वको कलाकारिता ईतिहासमा कहाँ कुन ठाउमा चाहि हट एण्ड सेक्सी डान्स नभएको छ ? एउटा पोर्न स्टार नेपाल आउदा फ़ाईब स्टार होटलमा स्वागत सत्कार र मान मर्यादा दिन सक्ने नेपली समाज मैले नृत्य गर्दा किन नकारात्मक सोच्छ।  हामीले कारितालाई सुन्दर रुपले प्रस्तुत गर्न र दर्शक श्रोताहरुको मागलाई मध्यनजर राख्दै अघि बढ्दा किन मानिसहरुको टाउको दुखाइ हुने ?
यस्तै यस्तै गुनासो पोख्दै उनि भन्छिन मैले त्यस्तो नराम्रो गरे जस्तो लाग्दैन मात्र आफ्नो ब्यबसायिक कलाकारितालाई सुन्दरमा प्रस्तुत गरेको मात्र हो ।लामो समयको संघर्ष पछि आफुलाई नृत्य, अभिनयमा पोख्त बनाइ यस सिने क्षेत्रमा आफ्नो नाम स्थापित गर्दै अगाडी बढेकी नायिका रिया श्रेष्ठले जन्जिर, बोस, त्रास, द रिटर्न हिरो, तृष्णा, लाल्टिन जस्ता चलचित्रहरुमा अभिनय गरिसकेकी छिन भने तिन दर्जन भन्दा बेसी म्युजिक भिडियो र दर्जनौ स्टेज कार्यक्रमहरुमा आफ्नो अभिनय मार्फत कला प्रदर्शन गरि सकेकी छिन।
मोडलिङ संसार, रंगिन संसार अर्थात सिने संसारमा रमाउन नचाहने मानिस सायद कमै मात्रमा होलान नाम कमाउन अनि चर्चित हुने सबैको चाहना हुन्छ । त्यस्तै चाहना लिएर सिने संसारको भिडमा आफुलाइ स्थापित गराउन सिने जगतमा आफ्नो भबिष्य बनाउन र एक दिन उचाइमा पुग्न उनि अहिले पनि दिनरात मेहनतका साथ लागि परेकी छिन ।
काठमाडौँकि स्थाई बासिन्दा रिया आफ्नो लक्ष्यमा पुग्न दिन रात लागि परेकी छिन र त्यसै अनुरुप मेहनत पनि गरि रहेकी छिन। नृत्य र अभिनयमा पोख्त रिया सुन्दर मुहार र आकर्षक शरीरको धनि पनि छिन चिटिक्क मिलेको शरीर अनि सुन्दर मुहारनै उनि भित्रको आकर्षण पनि हो । उनी अभिनय, नृत्य र कलालाइ अझै निखारता ल्याउदै मोडलिङ तथा सिने नगरीमा स्थापित हुन चाहन्छिन ।
नायिका रिया श्रेष्ठ हेर्दा सार्हैनै आकर्षित छिन, हासी रहने शालीन स्वभाबकि रिया आफुलाई सुहाउने रोल आएमा सधै चलचित्र र म्युजिक भिडियोमा खेल्ने र खेल्दै आएको कुरा उनि बताउछिन। देश विदेशका कार्यक्रमहरुमा ब्यस्त रहदै आएकी रिया सानै उमेर देखि मोडलिङमा र नायिका बन्ने रुचि राख्ने उनको नृत्यमा पनि त्यतिकै रुचि छ र उनि एक कुशल नृत्य गर्ने खुबी भएकी नायिका पनि हुन रिया श्रेष्ठ ।
अभिनयलाइ पनि अझ आफुलाइ अब्बल दर्जामा राख्न उनि दिनरात कोसिशरत छिन। रिया श्रेष्ठ भन्छिन, सिने जगत र  मोडलिङमै क्यारिअर बनाएर स्थापित हुन्छु र यहि क्षेत्रमा आफ्नो ट्यालेन्ट प्रदर्शन गरेर आफ्नो छुट्टै पहिचान बनाउछु ।
उनि भन्छिन  मानब जीवन भनेको संघर्ष हो मेहनत र परिश्रम गर्दै जानु पर्छ एक दिन अबश्य सफलताको शिखर चढ्न सकिन्छ  जीवनको हरेक मोडमा संघर्ष गर्दै अगाडि बढ्नुनै जीवन हो एक दिन आफ्नो क्षमता प्रदर्शन गरेर आफ्नो लक्ष्यमा पुग्ने दृढ विश्वासका साथ् आफु अगाडी बढेको कुरा पनि उनि बताउछिन।हाम्रो तर्फ़ बाट पनि उनीलाई सफलताको शुभकामना ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah