काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपालले मन्त्रिमण्डल पुनर्गठनबारे कुनै जानकारी नभएको बताउनु भएको छ ।
काठमाडौंमा आयोजित एक कार्यक्रमपछि सञ्चारकर्मीमाझ उहाँले अठोटका साथ काम गरे एक महिना भित्र पार्टीको तल्लो तहसम्मको एकीकरणको काम टुंगो लाग्ने पनि दोहो¥याउनु भयो ।
वरिष्ठ नेता नेपालले पार्टीको तल्लो तहसम्मको एकीकरणको काम लम्ब्याइएकोमा आफू चिन्तित रहेको र पार्टीका कार्यकर्ताहरुमा निराशा छाएको पनि स्पष्ट पार्नु भयो । उहाँले अध्यक्ष पुष्पकमल दाहाल अमेरिकाबाट फर्केपछि पार्टीको सांगठनिक एकीकरणको काम टुंगोमा पुग्नेमा आफू आशावादी रहेको बताउनु भयो । जनता समाचार बाट










