मुम्बई । अमिताभ बच्चनकी नातिनी आराध्या अहिले पाँच वर्षकी भइन् तर उनका अभिभावक अभिषेक र ऐश्वर्याबीच उनको करियरलाई लिएर झगडा सुरु भएको बताइएको छ ।
छोरी आराध्याको करियरलाई लिएर अभिषेक र ऐश्वर्याले अलग-अलग विचार राखिरहेका छन् । भारतीय सञ्चारमाध्यमहरुका अनुसार आराध्याको करियरको विषयमा उनीहरुले फरक धारणा राखेपछि झगडा भएको हो ।
रिपोर्टका अनुसार अभिषेक चाहन्छन् कि आराध्या ठूली भएपछि हिरोइन् बनुन् र नाम कमाउन् । यतिमात्र होइन आराध्यालाई बाल कलाकार बनाएर फिल्ममा प्रवेश गराउने अभिषेकको चाहना हो । तर, ऐश्वर्याको विचार भने अभिषेकको भन्दा ठीक विपरीत छ । उनी चाहदिँनन् कि छोरी आराध्या फिल्म क्षेत्रमा नभई अन्य क्षेत्रमा लागुन् । खैर, खबरको सत्यता कति छ त्यो बच्चन परिवारलाई नै थाहा होला ।



