एजेन्सी । यौन इच्छा बिषयमा विश्वमा विभिन्न अध्यन तथा अनुसन्धानहरु भई रहेका छन । यौन इच्छा बढाउन खास गरि खानपिन मै ध्यान दिनु पर्ने बिभिन्न अनुसन्धानहरुले देखाएको छ । यौन इच्छा बढाउन निम्नलिखित चिजहरुको प्रयोग बढाउनु पर्ने अनुसन्धानहरुले देखाएको छः
१। गोलभेडा: गोलभेडालाई रातो रंगमा बदल्ने लाइकोपन नामक तत्वले मानिसमा यौन इच्छा बढाउन मदत गर्दछ । यसले पुरुषमा पो्रस्टेट क्यान्सरको खतराबाट पनि जोगाउछ।
२। पालुङगो: पालुङगोको साग नियमित सेवन गर्नाले यौनक्षमतामा बृद्धि ल्याउनुको साथै यौनाङ्गमा रक्तप्रवाह समेत बढाइदिन्छ ।
३। भिन्डी:भिन्डीमा बिभिन्न किसिमका भिटामिन तथा जिंतकत्वहरु पाईन्छ जसको नियमित सेवनले सम्भोग सम्भोग सम्बन्धी समस्या हटाउँछ र यौनक्षमतामा बृद्धि ल्याउँछ।
४। ब्रोकाउली: यसमा पाइने पौष्टिक तत्वले यौनक्षमतामा बृद्धि ल्याउनुकासाथै सम्रग स्वास्थ्यमा नै फाईदा पुर्याउछ।
५। प्याज: प्याज स्वास्थ्यको लागि निकै लाभदायी हुन्छ ।यसको सेवनले यौनाङ्गको स्वास्थ्यमा सुधार ल्याउनुको साथै यौन इच्छामा बृद्धि गर्छ।
६। गाजर: गाजरमा भिटामिन ए प्रशस्त मात्रामा पाइन्छ जसले पुरुषमा शुक्रकिट बनाउन सहयोग गर्छ । यसको नियमित सेवनले पुरुषलाई कामुक तथा आकर्षक देखाउन मदत गर्छ। विभिन्न अनलाइन बाट साभार









