दमक/‘यो साइनो मायाको’ चलचित्र प्रदर्शनको समय नजिक आएसंगै चर्चाको शिखरमा पुगेको छ । पूर्वका कलाकारहरुको बाहुल्यता रहेको यो चलचित्र आउदो चैत ४ गतेदेखि प्रदर्शनमा आउदैछ । प्रेम कथामा आधारित यो चलचित्रका नायक र नायिकालागि नै अग्नि परिक्षा समेत हुनेछ ।
अरुण प्रधानको निर्देशनमा तयार गरिएको सो चलचित्रमा नायिका रेश्मा घिमिरे र सञ्चारकर्मी समेत रहेका जितेन ताम्राकारले मूख्य भूमिका निभाएकाछन् ।
उनिहरु दुबै चलचित्रमा मूख्य भूमिकामा नयाँ हुन् । पेशाले नर्स नायिका घिमिरेले यसबाट आफूले सफलता पाउने बिश्वास लिएको जनाइन् ।
एफ.डि कम्पनीका अध्यक्ष चैतन्य बरालका अनुसार यो चलचित्र राम्रो बनेको र ब्यापार पनि गर्छ भन्ने अपेक्षा गरिएको छ । नयाँ कलाकार भएपनि अहिले चलचित्र चल्नु अगावै चर्चामा रहेको बरालले बताए । उनले चलचित्र राम्रो र दर्शकको मन तान्ने बनेको आफ्नो अनुमान रहेको उनले सुनाए ।
तस्बीर नायिका रेश्मा घिमिरेको फेसबुकबाट साभार गरिएको हो ।



