काठमाडौ । महिला र पुरुष दुवैले अपरिचित व्यक्तिसँग अनौठो अनौठो किसिमको यौन कल्पना गर्दछन् । तर यौनको विषयमा पुरुषहरु भन्दा बढी महिला संवेदनशील हुन्छ । त्यसैले प्राय महिलाहरु अपरिचित व्यक्तिले छुदा अप्ठ्यारो महसुस गर्छन् । तर कतिपय अवस्थामा महिलाहरु अपरिचित व्यक्तिले छुदा बढी उत्तेजित हुन्छन् ।

एक अध्ययनको अनुसार महिलाहरु अपिरिचित व्यक्तिसँग यौन सम्बन्ध राख्दा सबै सीमा भुलेर रमाइलो गर्न पाइन्छ भनेर मिठा अनुभवहरु सोच्ने गरेको जनाएको छ । अर्थात मानिसहरुले रमाइलो र यौन प्यास मेटाउन यौन कल्पना गर्ने अध्ययनले जनाएको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

कस्तो अवस्थामा बढी महिलाहरु यौन कल्पना गर्छन ? डा. राजेन्द्र भद्रा अनुसार महिला र पुरुष दुवै हस्तमैथुनको प्रक्रियामा बढी यौन कल्पना गर्ने गरेको बताउँछन् । उहाँका अनुसार सबैजसो पुरुषले र ६४ प्रतिशत महिलाले हस्तमैथुन गर्दा यौन परिकल्पना गर्ने गरेको बताएको छन् । युवा युवतीहरु प्राय वरिपरिको व्यक्ति , चलचित्रका व्यक्ति र आफुले मन पराएको व्यक्तिको एकान्तमा रहेको बेला यौन कल्पना गर्ने गरेको जनाएको छ । तर यौन कल्पना सामान्य देखि असामान्य वा दैनिक जीवनमा कहिल्यै नसुनेको र नदेखेको पनि हुन सक्छ । उहाँका अनुसार धेरै महिलाहरुले आफ्नो यौन साथीसँग यौन सम्बन्ध राखिरहदा पनि अपरिचित व्यक्तिसँग यौन कल्पना गर्दछन् ।

यौन परिकल्पनाका फाइदा यौन कल्पना गर्ने मानिसहरु प्राय यौन कार्यमा चाडै तयार भई अधिकतम सुख प्राप्त गर्दछन् । यौन कल्पना गर्ने मानिसहरु हस्तमैथुन गर्दा पनि यौन कल्पना गरि बढी आनन्द महसुस गर्दछन् । यो विशेष उमेर समूहको मानिसहरुमा हुने सामान्य कुरा नै हो । अर्थात यौन कल्पना यौन सम्पर्कमा बढी चाहनु हुन हो । यदि तपाईले धेरै यौन कल्पना गरेर मानसिक रुपमा तनाव भयो भने मनोचिकित्सक, मनोवैज्ञानिक वा यौन विशेषज्ञहरूले मद्दत लिन सक्नुहुन्छ ।