मोनालिसा पराजुली चर्चा कमाएकी मोडल मोनालिसाले गायनमा पनि डेब्यू गरेकी छिन् । हत्केलामा माया बोकी बोलको गीतमा स्वर दिएर उनले आँफुमा भएको बहुमुखी प्रतिभालाई उजागर गर्ने कोशिस गरेकी छिन् । भिडियोमा मोनालिसालाई पुस्कर जंग थापाले साथ दिएका छन् भने भिडियोलाई युबराज खत्रीले निर्देशन गरेका छ ।
भिडियोमा राम गौतमको कोरियोग्राफी रहेको छ जसमा सिसिआर पोखरेलको छायांकन रहेको छ । निर्देशक युबराज खत्रीले नै सम्पादन गरेको भिडियोमा अहिलेको प्रबिधिलाइ भर पुर प्रयोग गरिएको छ । जसले पछिल्लो समय सांगीतिक बजारमा विशेष तारिफ पाइरहेको छ ।



