दमक/नेपाली काँग्रेस झापाले स्थानीय तहको निर्वाचनमा उम्मेद्वार छनौट शुरु गरेको छ । यसैक्रममा झापाको लखनपुर रु तोपगाछी मिलेर बनेको नयाँ कमलनगर गाँउपालिकामा पनि काँग्रेसले उम्मेदवार छान्ने अन्तिम कसरत गरिहरेको श्रोतले बताएको छ ।
कमलनगर गाँउपालिकाका लागि लखनपुरका युवा नेताहरुको नाम बढि चर्चामा रहेको छ । काँग्रेसमा महासमिति सदस्य समेत भइसकेका हुकमसिंह राइको नाम धेरै नै चर्चामा रहेको छ । राइको नाम सिफारीस भएर आउने तयारीमा रहेको बताइन्छ । 
राइका साथै अर्का युवा नेता टिका सापकोटा पनि प्रमुख दाबेदार रहेकाछन् । उनको नाम पनि चर्चामा रहेको छ । उनि पनि कमलनगर गाँउपालिकाका प्रमुखको प्रमुख दाबेदारको रुपमा नै चिनिन्छन् । यसका साथै काँग्रेसमा राजन ढुंगाना, राजू न्यौपाने, खगेन्द्र भण्डारी गाँउपालिका प्रमुखका लागि योग्य रहेको भन्दै उनिहरुको नाम पनि चर्चा हुने गरेको छ ।



