निर्देशक राजु गिरी यतिबेला भ्याइनभ्याइ भएका छन । एकातिर विन्दास लाइफ अर्कातिर शिवम् दुवै चालचित्र राजुले नै निर्देशन गर्दैछन । जसका कारण यतिबेला उनी निकै व्यस्त रहेका छन, उनि अहिले एकैचोटी दुइ वटै फिल्मको शुटिङ गर्दैछन । चलचित्रमा नायिका शुभेच्छा थापा र नव नायक सोहम भेटवालको मुख्य भूमिका रहनेछ । चलचित्रलाई कल्पना खरेलले निर्माण गरेको हो । श्रीकृष्ण बम मल्ल र किरण गजमेरले चलचित्रमा संगीत भरेका छन भने द्वन्द्व रोशन श्रेष्ठ को रहेको छ । त्यसैगरी राजन भुजेलको पटकथा तथा संवाद रहेको यस चलचित्रमा नव नायिका सोहन भेटवाल र रवी गिरी, राजकुमार थापा लगायतको अभिनय रहेको छ । चलचित्रको क्यामराम्यान रामेश्वर हुमागाँइ,नृत्यमा जिवन ज्ञवाली र सम्पादन सुवास देवकोटाले गर्दैछन । चलचित्रको छायांकन दमक,जोमसोम,सिन्धुली र काठमाडौँ आसपासका क्षेत्रमा गरिने निर्देशक गिरीले बताए ।




