काठमाडौं, ९ वैशाख । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले ७७ वटै जिल्लाका पार्टी नेतृत्वको टुंगो लगाएको छ । आइतबार बसेको नेकपाको सचिवालय बैठकले एकता पछिको जिल्ला नेतृत्व टुंग्याएको हो । माओवादीको तर्फबाट अध्यक्ष भएको ठाउँमा एमालेबाट सचिव रहने र एमालेबाट अध्यक्ष भएको ठाउँमा माओवादीको सचिव हुने गरी सहमति गरिएको छ ।

७७ जिल्लामध्ये तत्कालीन एमालेतर्फबाट ४४ र तत्कालीन माओवादी केन्द्रतर्फबाट ३३ जिल्लामा मुख्य नेतृत्व हुने गरी तय गरिएको छ । प्रदेश १ मा ५, प्रदेश २ मा ४, प्रदेश ३ मा ५ जिल्लाको नेतृत्व तत्कालीन माओवादीको भागमा परेको छ । गण्डकी प्रदेशमा ४, प्रदेश ५ मा ५, कर्णालीमा ६ र सुदूरपश्चिममा ४ जिल्लाको नेतृत्व माओावादीको भागमा परेको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

माओवादीले पाएका ३३ जिल्ला अध्यक्ष प्रदेश १ ताप्लेजुङ : खेलप्रसाद बुढाथोकी सुनसरी : रामकुमारी चौधरी उदयपुर : विनोद कटुवाल दिनेश खोटाङ : देवान चाम्लिङ ओखलढुंगा : मोहनकुमार खड्का

प्रदेश २

बारा : गोपाल ठाकुर सर्लाही : डाचाराज वाग्ले धनुषा : जोखकुमार बर्बरीया सिराहा : रामकुमार यादव

प्रदेश ३ चितवन : यमवहादुर परियार सिन्धुली : राजन दाहाल नुवाकोट : हिरानाथ खतिवडा काभ्रे : रुकु चौलागाई रामेछाप : मैनकुमार मोक्तान (मदन)

गण्डकी प्रदेश

गोरखा : जगन्नाथ खनाल लमजुङ : मधुमाया अधिकारी म्याग्दी : गोविन्द पौडेल स्याङजा : पारस गैरे

प्रदेश ५

बांके : आइपी खरेल बर्दिया : भवनकुमार थारु रोल्पा : सुरेन्द्र थापा धु्रव पूर्वी रुकुम : मेघबहादुर श्रेष्ठ नवलपरासी : राजुप्रसाद हरिजन

कर्णाली प्रदेश

रुकुम पश्चिम : गोपाल शर्मा (अनल) जाजरकोट : ढकविर राना जुम्ला : सुरेश पहाडी हुम्ला : विजय भण्डारी कालिकोट : दुर्गबहादुर रावत मुगु : सुखवीर बुढा

सुदूरपश्चिम प्रदेश

दार्चुला : गणेश खत्री डडेलधुरा : मानसिंह माल कञ्चनपुर : वीरबहादुर थापा बझाङ : कलकबहादुर खड्का