इटहरी / पूर्वी नेपालमा पूर्वराजाको भ्रमण सकिए लगत्तै शिव सेना नेपालले पूर्वी नेपालका तीन जिल्लामा संयोजक तोकेको छ। शिव सेना नेपालले सुनसरी, मोरङ्ग र झापामा संयोजक तोकेको हो।

शिव सेनाले सुनसरीमा सुरज कँडेल, मोरङ्गमा सतिश पोख्रेल र झापामा बद्रि महतलाई संयोजक तोकेको शिवसेनाका पुर्वान्चल प्रमुख दुर्गा लामाले जानकारी दिए । पूर्वराजाको भ्रमणको बेलामा सुरक्षा एवं स्वयंसेवकको रुपमा सहयोग गर्दै आएको शिव सेना धार्मिक संगठन हो। शिव सेनाले हिन्दु अधिराज्य, राजसँस्था सहितको अखण्ड नेपालको बिषयमा वकालत गर्दै आएको छ।
कँडेल, पोख्रेल र महतलाई संयोजक तोकेसँगै संगठनलाई तिव्रता दिन, हरेक जिल्लामा कम्तिमा ५ हजार देखी १० हजार सम्म सदस्य बनाउने गरी तयारी थालिएको दुर्गा लामाले जानकारी दिए । पहिलो किताब बाट










