चलचित्र  ‘बटरफ्लाई’को होली गीत रिलिज भएको छ । प्रियंका कार्की र आर्यन अधिकारी फिचरिङमा रहेको  होली गीत रंगहरुको पर्व होली कै छेकोमा रिलिज गरिएको हो ।

अर्पण थापा समेत लिड अभिनयमा रहेको फिल्मको सार्वजनिक ‘होली रे’ बोलको गीतमा राजेश पायल राईको स्वर छ भने उनलाई फिमेल भर्सनमा माण्डवी त्रिपाठीले साथ दिएकी छिन् ।प्रमोद ढुङ्गानाको शब्दमा विकास चौधरीको संगीत छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

सुरेश बज्राचार्यले खिचेको फिल्मलाई ओमप्रतिकले निर्देशन गरेका हुन् । फिल्ममा लगानी पुष्पाञ्जली अधिकारीको छ ।