ज्योतिषका अनुसार सोमबारको कारक ग्रह चन्द्र हो र यसको स्वामी शिव हो। त्यसैले यो दिन चन्द्र र शिवसँग जोडिएका उपाय अप्नाउनु पर्दछ। शिव पुराणका अनुसार यो दिन ब्रत राख्दा र भगवान शिवको पुजा गर्दा विभिन्न किसिमका समस्या हट्ने गर्दछन्।

साथै परिवारमा सुख सान्ति भइरहन्छ। दुर्घटनाको योग र मृत्यु भयबाट छुट्कारा पाउन सकिन्छ। ज्योतिषाचार्य मनिष शर्माका अनुसार सोमबार कुन कुन उपाय अप्नाउदा शुभ फल प्राप्त हुने गर्दछ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

१) सोमबार साँझ सूर्यास्तपछि शिवको पुजा गर्नु विशेष महत्व मानिन्छ। किनकी सूर्यास्त हुनेवित्तिकै प्रदोष काल सुरु हुने गर्दछ।

२) दिन र रातको बीचको समयलाई सन्धि काल भन्ने गरिन्छ। शिव पुराणका अनुसार अनुसार यो समय शिवजी प्रसन्न मुद्रामा रहने गर्दछन्। त्यसैले यो समयमा शिवको पुजा गर्दा भगवान चाडै प्रसन्न हुने गर्दछन्।

यसरी गर्नुहोस् विशेष पुजा

शिव मन्दिरमा गएर शिवलिंगमा दिप बाल्नुहोस् र ऊँ सांब सदा शिवाय नमः मन्त्रको जप १०८ पटक गर्नुहोस्। यसका लागि रुद्राक्षको माला प्रयोग गर्न सक्नुहुनेछ।

शुद्ध जलमा गंगाजल र दूध मिलाएर शिव लिंगमा चढाउनुहोस्।

जल चढाउने समय ओम नमः शिवाय मन्त्रको जप गर्नुहोस्।

त्यसपछि भगवानलाई चन्दन चढाउनुहोस्।

बेलपत्र, धतुरो पनि शिव लिंगमा चढाउनुहोस्।

यसरी भगवानलाई पुजा सामाग्री चढाएपछि ओम नमः शिवाय मन्त्रको १०८ पटक जप गर्नुहोस्।

त्यसपछि भगवानलाई मिठाइ चढाएर भक्तजनलाई बाढ्नुहोस्।