हिन्दू धर्मावलम्बीहरु सोमबारको दिन विशेष रुपमा भगवान शिवको वर्त बस्ने र आफूले चाहेको वर माग्ने गर्छन। सोमबारको दिन भगवान शिवको पूजा आराधना गर्नाले मनाकनामा पूरा हुने विश्वास रहेको छ। ज्योतिष शास्त्रमा उल्लेख भए अनुसार सोमबारको कारक ग्रह चद्र हो भने यसको स्वामी शिव हो। त्यसैले यस दिन चन्द्र र शिव जोडिएको उपस गर्नु उत्तम मानिन्छ।

आज हामी तपाईहरुलाई ज्योतिषशास्त्रमा उल्लेख भए अनुसार सोमबारको दिन गर्नुपर्ने कार्यहरु बारे जानकारी दिन जाँदै छौँ जसले दुर्घटनाको योग र मृत्यु भयबाट छुट्कारा दिलाउने गर्छ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

शिवजीको पूजा आरधना धेरै फलदायी हुने र यसको फलस्वरूप भगवान शिवले सम्पूर्ण भक्तजनको मनोअकंक्षा पुरा गरिदिने मान्यता रहेको छ। जुन व्यक्तको कुण्डलीमा ग्रहको दोष रहेको छ उसले जीवनका हरेक पाइलामा असफलता भोग्नु पर्ने हुन्छ।

त्यसैले आज हामी तपाईहरुलाई सोमबारको दिन भगवान शिवको पूजा विधि सहित जप्नुपर्ने मन्त्रहरुको बारेमा जानकारी दिन जाँदै छौँ जसबाट शिव छिटो प्रसन्न भैइ वरदान दिने र जीवनमा सफलता मिल्ने गर्छ।

पूजा विधि

सोमबारको दिन विहान सबेरै उठेर पूर्ण शरिर नुहाएर घरमा सम्भव नभए नजिकको शिव मन्दिर गाई शिव, माता पार्वती र नन्दीलाई गंगाजल वा पवित्र जल अर्पित गर्नुहोस्। यस पश्चात शिवलिङ्गमा चन्दन। चामल, बेलपत्र र धतुरोको फुल चढाउनुहोस्। यस पछि पूजा सम्पन्न गर्नका लागि भगवान शिवलाई घिउ वा सक्खरको भोग लगाउनुहोस् र अन्तिममा धुप ,दिप बालेर आरती गर्नुहोस्।

मन्त्र

(ऊं नमः शिवाय , नमः शिवाय शुभं शुभं कुरू कुरू शिवाय नमः ऊं’ , (नमो नीलकण्ठाय, ऊं पार्वतीपतये नमः, ऊं पशुपतये नमस्)